

धादिङ। गत साताको भारी वर्षासँगैको पहिरोका कारण धादिङका २३ विद्यालयमा क्षति पुगेको छ ।
असोज १०, ११, र १२ गतेको वर्षापछीको पहिरोले बेनिघाट रोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयमा पहिरोले क्षति पुर्याएको हो ।४ विद्यालयको पठनपाठन समेत बन्द गर्नु पर्ने अवस्था आएको छ ।
बेनिघाटरोराङ गाउँपालिका-८ को सूर्योदय आधारभुत विद्यालय, वडा नम्बर ४ मा रहेको बेलडाँडा कालिका आधारभुत विद्यालय भवन अगाडि र पछाडीबाट पहिरो गएका कारण पठनपाठन बन्द गरिएको हो ।
वडा नम्बर २ को सीतामाई आधारभुत विद्यालयको छानामा ठूलो रुख ढलेर थिचेको छ भने कक्षाकोठामा बस्न नसकिने अवस्था आएको छ ।
वडा नम्बर ४ को जनजागृति सिद्ध आधारभुत विद्यालय विद्यालय दुवैतर्फबाट पहिरो गएकोले पठनपाठन बन्द भएको छ।
बेनिघाटरोराङ गाउँपालिकामा १० विद्यालयलाई पहिरोले क्षति पुर्याएको र विद्यालयहरु बन्द समेत भएकोले प्रदेश सरकार र गाउँपालिकालाई तथ्याङ्क समेत उपलब्ध गराइसकेको बेनिघाटरोराङ गाउँपालिका शिक्षा शाखाका प्रमुख बोधराज पाठकले जानकारी दिनु भयो ।
हर्कपुर मावि, कुनचुरुङ आधारभुत विद्यालय, भँगेरी आधारभुत विद्यालय, बेलडाँडा कालिका आधारभुत विद्यालय, वागेश्वरी आधारभुत विद्यालय, धुषा आधारभुत विद्यालय, वितेश आधारभुत विद्यालय र सूर्योदय आधारभुत विद्यालयको कम्पाउण्ड वाल भत्केको छ भने, विद्यालय जानै नसक्ने गरी अगाडि र पछाडीबाट पहिरो गएको छ ।
यसैगरी गजुरी गाउँपालिकाका १३ विद्यालयमा पहिरोले क्षति पुर्याएको छ । पहिरोले क्षति पुर्याएका केही विद्यालयमा भने पठनपाठन गर्नै नसकिने अवस्था आएको छ ।
एक जना विद्यार्थीको गजुरी गाउँपालिकामा ज्यान गएको छ ।
नवज्योति आधारभुत विद्यालयको भवनमै क्षति पुगेकोले पठनपाठन बन्द गरिएको छ ।
गजुरी गाउँपालिका-३ मा रहेको वागेश्वरी आधारभुत विद्यालय भवन चर्केको र अन्य विद्यालयको सबै कम्पाउण्ड वाल पहिरोले भत्केको गजुरी गाउँपालिका शिक्षा शाखा प्रमुख सन्तोष पौडेलले जानकारी दिनु भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |