

धादिङ । सिद्धलेक गाउँपालिका–१ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेपालीहरुको महानपर्ब बडा दशैं, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाले जानकारी दिनुभयो ।
बिधार्थी र शिक्षक शिक्षिका बीचको सम्बन्ध विस्तारसँगै चाडपर्वको मौलिकताबारे बिद्यार्थीहरुमा परिभाषित गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कोइरालाले बताउनुभयो ।
कार्यक्रममा शिक्षक शिक्षिकाले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई रातो टिका, जमरा लगाएर आर्शिवादसँगै दक्षिणा दिइएको स्कुलकी व्यवस्थापक ममिता अर्यालले बताउनुभयो ।
कार्यक्रममा बिद्यार्थिहरुले बिभिन्न सास्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
तस्विरहरु :








आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |