

धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेभञ्याङमा २९ जनाले रक्तदान गरेका छन्।
नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३ जना महिला र २६ जना पुरुष गरी २९ जनाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
तमु युवा समाजले आयोजना गरेको खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता (स्व.लोक बहादुर गुरुङ र स्व.मनोज श्रेष्ठ स्मृती कप) अन्तरगत आज प्रतियोगिता समापनको दिन रक्तदान कार्यक्रम गरिएको रेडक्रस सोसाईटी नलाङ उपशाखाका सभापती एवम धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।
कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |