

नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।
अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर आंशिक देखि साधरणतया बदली रहेको छ भने पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
त्यस्तै आज दिउसो कोशी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
कोशी र बागमती लगायत पहाडी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ ।
आज राती भने कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ।
पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |