


























धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा कर्मचारीहरू कामकाज गरिरहेको अवस्थामा अभद्र व्यवहार गर्दै कार्यालयको लेखा शाखामा बाहिरबाट ताला लगाई काममा अवरोध गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–३ निवासी ४९ वर्षीय सुरेन्द्र वाँडा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो।
प्रहरीका अनुसार असार ९ गते बिहान करिब १०ः३० बजे गाउँपालिकाको कार्यालय पुगेका वाँडाले भुक्तानी सम्बन्धी रीत नपुगेको फाइल पेश गरी विवाद सिर्जना गरेका थिए।
उनले कार्यालयका कर्मचारीहरूलाई गालीगलौज तथा धम्की दिँदै अभद्र व्यवहार गरेको आरोप छ।
केही समयपछि उनी मादक पदार्थ सेवन गरी ताला र चाबी लिएर पुनः कार्यालय पुगेका र गाउँपालिकाको लेखा शाखामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत काम गरिरहेको अवस्थामा बाहिरबाट ताला लगाई कार्यालयको नियमित कामकाजमा बाधा पुर्याएको प्रहरीले जनाएको छ।
गाउँपालिकाको पत्र जाहेरीका आधारमा प्रहरीले वाँडालाई सोही दिन पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको डिएसपी दाहालले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |