

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला नजिक तिग्राङ खानी क्षेत्रमा खसेको सुख्खा पहिरो पन्छाइएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन पुनः सुचारु भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बुधबार साँझ ६ः३० बजे माथिबाट सुख्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि हाल राजमार्ग दुईतर्फी सञ्चालनमा आएको प्रशासनले जनाएको छ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
अन्य आवश्यक सहयोग, समन्वय एवम् सहजिकरणका लागि सम्पर्क नम्बर
-नेपाल प्रहरी हटलाईन नम्बर – १००
-सशस्त्र प्रहरी वल नेपाल – १११४
-जिल्ला आपतकालिन संचालन केन्द्र-१२३४ वा ०१०-५२१४६४
-जिल्ला प्रहरी कार्यालय, धादिङ (सूचना अधिकारी) -९८५१२२९८६०





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |