

धादिङ । पत्रकार नारायण सिलवाल नीलकण्ठ विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
नगरपालिकाले यस आर्थिक वर्षदेखि सुरु गरेको ‘नीलकण्ठ नगर विकास पत्रकारिता पुरस्कार’ धादिङपोष्ट डटकमका प्रधानसम्पादक एव राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेशका अध्यक्ष सिलवाललाई प्रदान गरेको हो।
शनिबार नगरपालिकाको दोश्रो नगरसभाको पाँचौ अधिवेशनको अवसरमा सिलवाललाई नगरप्रमुख भिम प्रसाद ढुंगाना र उपप्रमुख दिपक विश्वकर्माले नगद २० हजार ८१ रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
पुरस्कृत हुनुभएका सिलवाल १८ बर्षदेखि जिल्लामा पत्रकारिता गर्दै आउनुभएको छ।
२०६३ सालमा आँखु सन्देशबाट पत्रकारिता सुरु गर्नुभएका सिद्धलेक गाउँपालिका वडा नं १ का सिलवालले २०६४–०६९ सम्म जनमुक्तिमार्ग साप्ताहिक, २०६५–०६७ गोरखापत्र, २०६६–०७३ रेडियो बिहानी र २०७३ देखि धादिङपोष्टमा कार्यरत हुनुहुन्छ ।
नगरपालिकाले यस आर्थिक वर्षदेखि उक्त पुरस्कार प्रदान गर्न सुरु गरेको हो ।यो पुरस्कार नेपाल पत्रकार महासंघ संगको सहकार्यमा हरेक वर्ष एक जनालाई प्रदान गरिने नगरप्रमुख ढुंगानाले बताउनुभयो ।
यस्तै आज सम्पन्न नगरसभाले हरेक वडाबाट कम्तिमा २ जनालाई पत्रकारिता तालिम दिई स्थानिय पत्रकारिताको गुणस्तर वृद्धि गर्न पत्रकार महासंघसँग सहकार्य गरिने जनाएको छ भने सञ्चारकर्मीको क्षमता बृद्धिको लागि भन्दै १० लाख बजेट बिनियोजन पनि गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |