

धादिङ ।सिद्धलेक गाउँपालिका वडा नं २ नलाङस्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा एक जना घाइते भएका छन् ।
नलाङ पात्लेबाट खिर्रे तर्फ फर्कदै गरेको ज १ ज ४४४ नम्बरको टाटा सुमो बुधबार राती ८ बजे खिर्रेको एक्लेबर नजिकै सडकबाट करिब ३०० मिटर तल खसेको नलाङ पात्ले माविका शिक्षक अमृत गुरुङ (तिलक) ले बागमती कलमलाई जानकारी दिनुभयो ।
मृत्यु हुनेमा नलाङ पोखरी गाउँका ५२ बर्षिय लोक बहादुर गुरुङ रहनुभएको छ ।
गुरुङलाई घटनास्थलबाट उद्धार गरी धादिङ अस्पताल ल्याईएको तर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको शिक्षक अमृत गुरुङले बताउनुभयो ।
दुर्घटनामा चालक खिर्रेका ५५ बर्षिय जिवन श्रेष्ठ (कृष्णमान) घाईते हुनुभएको छ । उहाँको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
मृतक लोक बहादुर गुरुङ तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद सिद्धलेकका अध्यक्ष, नलाङ पात्ले माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा नलाङको साविक वडा नं ४ का पूर्व गाविस अध्यक्ष हुनुहुन्छ।
दुर्घटनास्थलको भिडियो…..
दुर्घटनास्थलको तस्विरहरु…….




तस्विर:अर्जुन सिलवाल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |