

धादिङ । धादिङका प्रत्येक पालिकामा सुपथ मुल्य पसल संचालन गर्ने लगाएत पाँच बुँदे माग राख्दै मानव अधिकार संगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
आईतबार मानव अधिकार संगठन जिल्ला शाखा धादिङका सभापति कृष्णराज अधिकारीे नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई पाँच बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
संगठनले सपिङ सेन्टर, होटल, किराना पसल लगायतका स्थानहरुमा प्रत्येक उपभोक्ताले बुझ्न र देख्न सक्ने गरी उपभोक्ता मूल्यसूची अनिबार्य टांस गर्न लगाउनु हुन,नजिकिदै गरेको चाडबाड लक्षित सुपथ मुल्य पसल प्रत्येक पालिकामा संचालन गर्ने व्यवस्था मिलाउनुहुन,बर्षाको समयमा भत्के बिग्रिएका सडक र गोरेटा बाटोहरुलाइ मर्मत संभार गरी सर्बसुलभ आवागमनको व्यवस्था गर्न, गन्तब्य सम्म पुग्नका लागि सुरक्षित यातायात प्रणाली संचालन गर्न र चाडबाडमा हुनसक्ने अवान्छित गतिविधिलाइ नियन्त्रण गर्न हुन ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले स्थानीय तहहरुसँग समन्वय गरेर अगाडी बढ्ने बताउनुभएको छ।
हेर्नुहोस् भिडियो………….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |