

धादिङ–गत बुधबारदेखी सम्पर्कविहिन रहेका धादिङका तिन बालिका बाग्लुङमा भेटिएका छन् ।
सदरमुकाम धादिङबेशीमा रहेको निलकण्ठ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन जना बालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले सोमबार बाग्लुङमा भेटाएको हो ।
१४ वर्षीय रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङलाई धादिङ र बाग्लुङ्ग प्रहरीले खोजी गरी उद्धार गर्न सफल भएको हो।
अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय बाग्लुङमा रहेका छन् ।
घटनाको अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले बागमती कलमलाई जानकारी दिनुभयो ।
अभिभावकहरुसँग कुराकानी भइ रहेको र बालिकाहरुलाई धादिङ ल्याउने तयारी पनि भइ रहेको मिश्रले बताउनुभयो ।
२३ गते बिहान बिद्यालय पोषाकमा घरबाट हिंडेका यी छात्राहरू बिद्यालय नआइ धादिङबेशी बीचबजारबाट सम्पर्कविहीन भएका थिए ।
विद्यालय जाने भनेर निस्केका बालिकाहरु घर नफर्केपछि अभिभावकहरुले खोजी गरेका हुन् ।अभिभावकहरुले गत बिहिबार जिल्ला प्रहरी कार्यालय धादिङ पुगेर आफ्ना नानीहरु खोजी गरि दिन निवेदन दिएका थिए ।
परिवारसँग धादिङबेशीमा बस्दै आएका रश्मि विक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७, सुशीला तामाङ नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ र अस्मिता गुरुङ नीलकण्ठ नगरपालिका वडा न.२ भुलभुलेकी हुन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |