

धादिङ । गत बुधबारदेखी धादिङबाट हराएर बाग्लुङमा भेटिएका तीन जना बालिकाहरुलाई अभिभावकको जिम्मा लगाईएको छ।
साउन २३ गतेदेखि धादिङबेशीबाट हराएका रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुर्ङ हिजो सोमबार मात्रै बाग्लुङमा भेटिएका थिए ।उनिहरुलाई आज बिद्यालय प्रतीनीधिकाे राेहवरमा परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
२ जना वालिकालाई होटलबाट र एक जनालाई ग्रामिण भेगबाट बाग्लुङ प्रहरीले सुरक्षित उद्दार गरेको थियो ।
हराएका बालिकालाई खोजी गर्न जिल्ला प्रहरी कार्यालय धादिङले देशैभरका प्रहरी कार्यालय, बोर्डर आसपासका क्षेत्रहरुमा जानकारी गराउनुका साथै सादा पोशाकका प्रहरीहरु परिचालन समेत गरेको थियो ।
बालिकाहरु बाग्लुङ सम्म कसरी पुगे भन्ने कुराको अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।
२३ गते बिहान बिद्यालय पोषाकमा घरबाट हिंडेका यी छात्राहरू बिद्यालय नआइ धादिङबेशी बीचबजारबाट सम्पर्कविहीन भएका थिए ।
विद्यालय जाने भनेर निस्केका बालिकाहरु घर नफर्केपछि अभिभावकहरुले खोजी गरेका हुन् ।अभिभावकहरुले गत बिहिबार जिल्ला प्रहरी कार्यालय धादिङ पुगेर आफ्ना नानीहरु खोजी गरि दिन निवेदन दिएका थिए ।
परिवारसँग धादिङबेशीमा बस्दै आएका रश्मि विक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७, सुशीला तामाङ नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ र अस्मिता गुरुङ नीलकण्ठ नगरपालिका वडा न२ भुलभुलेकी हुन् । तस्विर:दिपक कोईराला





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |