

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ तल्लो बेलुङ्गका १९ घर परिवार पहिरोको जोखिममा परेका छन् ।
अविरल वर्षाका कारण गाउँ भन्दा माथिको भागबाट पहिरो खस्न थालेपछि बस्ति नै जोखिममा परेको हो ।गाउँ माथिबाट खस्ने पहिरोले जनधनको क्षति हुने डरमा रहेको मदन श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँ भन्दा माथिको भागबाट लेदो तथा ढुङ्गाहरु बग्ने गरेको र तल बस्ति भएको कारण जुनकुनै बेला पनि ठूलो क्षति पुग्न सक्ने श्रेष्ठले बताउनुभयो।
निम्न तथा मध्यम वर्गका मानिसहरु बसोबास गर्दै आएको बेलुङ्ग गाउँका १९ घर परिवार नै पहिरोको उच्च जोखिममा परेपछी त्रसित बनेका छन् ।
गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले प्रकोपले निम्त्याउन सक्ने विपत्तिको अवस्था हेरेर तत्काल पूर्व तयारीमा लाग्ने बताउनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |