

धादिङ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको स्थलगत निरिक्षण गर्नुभएको छ।
काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिकहरु भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्कनुभएका मन्त्री दाहालले पहिलो चरणमा शुक्रबार सुरुङ मार्गको निरिक्षण गर्नुभएको हो ।
मन्त्री दाहालसँगै नेकपा एमाले धादिङका नेताहरुको टोली काठमाडौको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोलातर्फ निस्किएका थिए ।
सुरुङको यात्रा गरेर निस्किनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले नेपालमा सुरुङको युग सुरु भएको र काठमाडौबाट पसेर धादिङपट्टी निस्कदा गर्व महशुस भएको प्रतिकृया दिनुभएको छ।
उहाँले समयमै काम सक्न र चाँडै संचालनमा ल्याउन ठेकेदार कम्पनी र सम्बन्धित निकायहरुलाई निर्देशन दिएको नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो।
चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत आपत्कालीन सुरुङको लम्बाइ दुई हजार ५५७ मिटर र मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर छ ।
आयोजनाका अनुसार हाल तीन चौथाइ भन्दा बढी काम सकिएको छ ।
आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर टर्नेलमा लाइनिङको काम भइरहेको सुरुङमार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले जानकारी दिनुभयो।
सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानको काम पनि सुरु भएको छ ।
आयोजना अन्तर्गत अहिले तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण भइरहेका छन् ।
एक वर्षभित्र अर्थात २०८२ सालको दशैसम्ममा सवारी चलाउने गरी सुरुङमार्गको काम भइरहेको छ ।
उक्त सुरुङको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गर्नुभएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |