

धादिङ। गुरुङ महिलाहरुको संगठन तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को केन्द्रिय पार्षद सभा सदरमुकाम धादिङबेसीमा हुने भएको छ ।
आउँदो असोज ५ गते धादिङबेसीमा हुने पार्षद सभामा नेपालको ४७ जिल्लाबाट १ सय ८० जना प्रतिनिधि सहभागी रहने तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमुस्योले जानकारी दिनुभयो ।
तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को केन्द्रिय समितिको आयोजना र जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा हुन लागेको पार्षद सभाले विधान संसोधन, आगामी कार्य योजनाका विषयमा निर्णय गर्ने अध्यक्ष तमूस्योले बताउनुभयो ।
पार्षद सभा सम्पन्न गर्नको लागि विभिन्न समितिहरु बनाएर तयारीलाई तिब्रता पारिएको उहाँको भनाई छ ।
तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङकी कोषाध्यक्ष निरु तमूस्योको संयोजकत्वमा आर्थिक समिति तयार गरेको छ ।
यस्तै अतिथि सत्कार समिति, भान्सा व्यवस्थापन, प्रचार प्रसार लगायतका समिति उपसमितिहरु बनाएर सोही अनुसारको काम भइरहेको अध्यक्ष जमुना तमुस्योले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |