

सरकारी कार्यालयमा अब लाइसेन्स प्राप्त हतियार पनि लैजान नपाइने भएको छ। सोमबार सरकारले राजपत्रमा एक सूचना जारी गर्दै लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकेको हो।
हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी लिएको हतियार दफा ३ बमोजिम राख्न पाउने तर दफा ४ र ५ बमोजिम यात्रा अनुमति नलिएका हतियारहरू घर बाहिर लैजान नमिल्ने सूचनामा भनिएको छ।
यात्रा अनुमति लिएका हतियारसमेत न्यायिक निकाय, संसद भवन तथा परिसर, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, धार्मिक क्षेत्र तथा शैक्षिकस्थल, सिनेमा हल, व्यवसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा जुलुस भएको ठाउँमा लैजान नपाउने उल्लेख गरिएको छ।
त्यस्तै पुरातात्विक र संरक्षित स्थल, बालसुधार गृह, हतियारको इजाजत लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने र लैजाने प्रयोजनबाहेक सरकारी कार्यालयहरु र प्रचलित कानूनले निषेधित गरेका अन्य क्षेत्रहरुमा लैजान नमिल्ने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |