

नेपालमा यो वर्ष मनसुन केही दिन लम्बिन सक्ने मौसमविद्ले अनुमान गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने भए पनि यसपालिको मनसुन केही दिन लम्बिने सम्भावना बढेको जनाएको छ ।
भोलि बेलुकादेखि देशका धेरै ठाउँमा मौसम बद्ली भई केही दिन पानी पर्ने सम्भावना रहेको तर लगातार झरी भने नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
सामान्यतया जुन १३ मा भित्रिएर अक्टोबर २ मा बाहिरिनेमा ५ दिन अघिपछि हुने गरेको छ ।
यसवर्ष दुई दिन अघि भित्रिएको मनसुन झण्डै एकहप्ता ढिलो गरि बाहिरिने सम्भावना बढेकोेले यस वर्ष दशैँमा झरी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।
८–१० दिन ढिलो गरेर मनसुन बाहिरिनु स्वभाविक रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ ।यस वर्ष दशैँको टिका अक्टोबर १२ अर्थात असोज २६ गते परेको छ ।
भारतबाट मनसुन बाहिरिएपछि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने क्रम शुरु हुनेमा अहिलेसम्म भारतमा मनसुन बाहिरिएको घोषणा नभएकाले पनि नेपालबाट अझै ढिलो मनसुन बाहिरिने सम्भावना बढेको मौसमविद्ले बताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |