Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

४ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

४ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

६ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

तयारको सहयोगमा निर्माण भएको पर्खालको टेवामा अडिएको धादिङको बहिरा विद्यालय (भिडियो सहित)

  • बागमती कलम
  • ८०२ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ आश्विन ७, सोमबार (१ साल अघि)
तयारको सहयोगमा निर्माण भएको पर्खालको टेवामा अडिएको धादिङको बहिरा विद्यालय (भिडियो सहित)

सुशीला विश्वकर्मा
धादिङ । भिरालो ठाउँ । एकान्त, सामसुन्न पनि ।त्यही ठाउँमा सुन्न र बोल्न नसक्नेहरूले उज्यालो जीवनको फराकिलो सपना देखिरहेका छन् ।

२०७७ साल असार १७ गतेको बर्खेझरीले ल्याएको विपत्तिले उनीहरूको सपनामा भाँजो हाल्न खोजेको थियो ।

श्रवणशक्ति कमजोर भएकाहरूले पढ्ने धादिङ जिल्लाको एक मात्र सामुदायिक विद्यालय स्वावलम्बी बहिरा आधारभूत विद्यालयलाई कति बेला पहिराले निल्ने हो भन्ने जोखिम थियो ।

सुन्न र बोल्न नसक्नेहरूको अव्यक्त पीडा कसले सुनिदिनू ! कसले बुझिदिनू !

आँगनमा खतरा मडारिएको देख्दा त्यहाँ अध्ययन, अध्यापनरत विद्यार्थी, शिक्षकहरू झसङ्ग हुन्थे ।ठूलो पानी नपरिदेओस् भन्दै प्रकृति पुकार्थे । आफूले जाने जत्ति ईश्वरका नाम सम्झिन्थे ।

बोलेर बताउन नसक्नेहरूको अमूर्त चीत्कार तयार नेपालले बुझिदियो ।त्यसपछि उनीहरूको डर मत्थर भएको छ ।

अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनाले नीलकण्ठ नगरपालिकासँगको सहकार्यमा निर्माण गरेको बाह्र फिट अग्लो पर्खाल उनीहरूको रक्षकवच बनेर उभिएको छ ।

अनि भरोसा बनेको छ—त्यहाँका विद्यार्थीहरूको ।

दिउँसोको समय थियो, हामी त्यहाँ पुग्दा विद्यालयमा नियमित पठनपाठन भइरहेको थियो ।साङ्केतिक भाषाका माध्यमबाट जीवनको उज्यालो मार्ग कोरिरहेका विद्यार्थीहरू पुलकित देखिन्थे ।

स्वावलम्बी आधारभूत विद्यालय धादिङको सदरमुकाम धादिङबेसीबाट १५ मिनेटमै पुग्न सकिन्छ ।

श्रवणशक्ति कमजोर भएका बालबालिकाहरूले पनि अन्य बालबालिका सरह पढ्न पाउन भन्ने उद्देश्यले २०६८ सालमा आवासीय रूपमा सामुदायिक विद्यालय स्थापना गरिएको थियो ।

विद्यालयमा जिल्ला बाहिरका रसुवा, नुवाकोट, सोलुखुम्बु, सिरहा, सर्लाही, चितवन, नवलपरासी, काठमाडौं, दाङ पूर्व÷पश्चिम, रुकुम पूर्व/पश्चिम, डडेलधुराका गरी ४५ जना बालबालिकाहरू रहेका छन् ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सिप्लिगानेमा पहेलो रङ पोतेका दुईटा भवन छन् । शान्त ठाउँमा बालबालिकाहरू कोही दौडिरहेका, कोही नाचिरहेका त कोही हाँसिरहेका हुन्छन् ।

त्यहाँ पुग्ने जो कसैको मनै हर्षित हुन्छ ।

जब स्कुलमा आगन्तुक पुग्छन्, उनीहरूले नयाँ अनुहार देख्छन्, ती विद्यार्थीहरूको मुहारमा खुसीको सीमा नै हुँदैन । सबैले आ–आफ्नो तवरले नमस्कार गर्दै झ्याम्मिन आइपुग्छन् ।उनीहरू सुन्न र बोल्न त सक्दैनन् तर सुसंस्कारले भरिपूर्ण छन् ।

उनीहरूको अनुहार जिज्ञासा र कौतूकले भरिएको आभास हुन्छ । यी सबै बालबालिकाहरूको मुख्यआधार विद्यालयका संस्थापक शिक्षक रामप्रसाद अधिकारी हुनुहुन्छ ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ ढोला घर भएका अधिकारी आफैपनि जन्मजात सुन्न र बोल्न सक्नुहुन्न् ।

उक्त विद्यालय स्थापना हुनुअघि उहाँले नीलकण्ठ वडा नम्बर ८ मै रहेको ससाह देउराली माध्यामिक विद्यालयमा श्रवणशक्ति कमजोर भएका विद्यार्थीहरूलाई पढाउँदै आउनुभएको थियो ।

जिल्ला शिक्षा समन्वय एकाइ धादिङले श्रवणशक्ति कमजोर भएका बालबालिकाहरूलाई पढाउने छुट्टै स्कुल बनाउने निर्णय गरेपछि उहाँ उक्त विद्यालयका प्रधानाध्यापकको रूपमा नियुक्त हुनुभएको थियो ।

उहाँलाई दोभाषेको रूपमा आफ्नै श्रीमती नीता कट्टेलले सघाई रहनुभएको छ । जहाँ रामप्रसाद पुग्नुहुन्छ्,श्रीमती पनि सँगसँगै हुनुहुन्छ । हाल उहाँ आफ्नो परिवारसँगै नीलकण्ठ वडा नम्बर ८ मै बसोवास गर्दै आउनुभएको छ ।

रामप्रसादको अनुहारमा ती बहिरा बालबालिकाले आफ्नो सुन्दर भविष्य देखेका छन्। तर पहिरोले यही विद्यालयको आधा भाग भत्काएर लगेको थियो ।

२०७७ साल असार १७ गते परेको अविरल वर्षाले विद्यालयको आँगन भत्कायो ।

सुरूमा आगनको केही भाग खसेको थियो । टेवा—पर्खाल लगाएर रोकथामको कोसिस नगरिएको होइन। दोस्रो पटक झन् ठूलो क्षति पु¥याउँदै विद्यालयको आँगन भत्कियो ।

पहिराले आँगनै लगेपछि विद्यालय जोखिममा परेको र विद्यार्थीहरूलाई सुरक्षित राख्न कठिन भएको रामप्रसादले बताउनुभयो ।

‘दिउँसोको समयमा पहिरोको छेउमा डोरी टाँगेर बालबालिकाहरूलाई खेल्न दिन्थ्यौं,’ रामप्रसादले भन्नुभयो, ‘रातिको समयमा थप पहिरो चल्यो भने कसरी बच्ने होला भन्ने चिन्ताले सताइरहन्थ्यो ।’

धादिङकै धुनिवेशी नगरपालिका स्थित नौबिसेकी जीना श्रेष्ठले छोरा रिजनलाई सोही आवासिय विद्यालयमा राख्नुभएको छ । उहाँको छोरा जन्मजात नै हिँडडुल गर्न र बोल्नसमेत सक्दैन् ।

छोरालाई पढाउने विद्यालय खोज्दै जाँदा जिनाले धादिङमै स्वाबलम्बी विद्यालय भेट्नुभयो ।

त्यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० का रामकुमार चेपाङले पनि ५ वर्षीया छोरी रुविनालाई यही विद्यालयमा राख्नुभएको छ ।

छोराछोरी बस्ने, पढ्ने विद्यालयमा पहिरो चलेको खबरले उहाँहरुलाई बिचलित बनायो । तर उहाँहरुसँग विकल्प केही थिएन ।

त्यही बेला नीलकण्ठ नगरपालिकासँग विपद् व्यवस्थापनमा सहकार्य गरिरहेको तयार नेपाल परियोजना दर्बिलो सहारा बनेर आइपुग्यो ।

त्यति बेला आफूलाई ठूलो ओत फेला परेजस्तो भएको रामप्रसाद बताउनुहुन्छ ।

नगरपालिकाको प्राविधिक टिमले विद्यालयमा नै आएर सर्भेक्षण ग¥यो । त्यसपछि ६४ लाख लागतमा दुई महिना भित्रमै पहिरो खसेको ठाउँमा पर्खाल उठाइदियो ।

नगरपालिका र तयार नेपालको मद्दतले रामप्रसादको सिंगो संसारलाई पुरानै लयमा फर्काएको मात्र छैन, शैक्षिक सामग्रीहरू समेत विद्यालयलाई उपलब्ध गराएको छ ।

अहिले प्रविधिमैत्री शिक्षा प्रणाली रहेको हुनाले सुन्न र बोल्न नसक्ने बालबालिकाहरूको लागि वस्तुगत रूपमा देखाउन ती सामग्री निकै प्रभावकारी बनेको रामप्रसाद बताउनुहुन्छ ।

सुरूमा पर्खाल मात्रै लगाउने सम्झौता भएको थियो । तर छेकबार समेत लगाएर बालबालिकाको जोखिम दूर गरिदिएको छ । उनीहरूको दिनचर्यालाई व्यवस्थित बनाइदिएको छ । अहिले विद्यार्थीहरू निर्बाध र स्वतन्त्र भएर विद्यालयको आगनमा खेल्न पाएका छन् ।

त्यत्ति मात्रै होइन लड्ने चोटपटक लाग्ने जोखिमबाट पनि मुक्त बनेको रामप्रसादले बताउनुभयो ।

‘पर्खालले सहारा मात्रदिएको छैन, विद्यालयलाई सुन्दरसमेत बनाएको छ,’ रामप्रसाद आफ्नो खुसी सुनाउनुहुन्छ ।बहिरा विद्यालयको पहिरो रोकथाम गर्न धेरै जरुरी थियो ।

त्यसैले तयार नेपालसँग समन्वय गरेर पर्खाल बनाएको नीलकण्ठ नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ८ का अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

‘विद्यालयमा पहिरो गएको सूचना आएपछि हामी अनुगमनमा गयौं । वडाले निर्णय गरेपछि नगरकार्यपालिकाले पनि निर्णय गर्यो,’उहाँले भन्नुभयो,‘त्यसपछि अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनासँग सहकार्य गरेर ६४ लाख लगातमा पर्खाल बनाइयो।’अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पहिरोको रोकथाम भईसकेपछि बहिरा बालबालिकाहरूलाई राति बत्ति जाँदा समस्या हुने गरेकोले ६ लाख बराबरको इन्भर्टर पनि जडान गरिदिएकोे पनि उहाँले बताउनुभयो ।

अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजना अन्तर्गत जोखिम न्यूनीकरणका लागि प्राप्त भएको बजेटबाट विद्यालयमा पर्खाल लगाएतका काम भएको पालिकाको विपद् फोकल पर्सन विनोद अर्यालले बताउनुभयो।

‘विद्यालयको भवन जोखिममा छ भनेर निवेदन दिनुभयो। त्यही बेला नगरपालिकामा तयार नेपाल परियोजना लागु भयो,’ उहाँले भन्नुभयो, ‘नगरपालिकाले बालबालिकाहरूलाई जोखिम मुक्त गर्न सहयोग गरेका हौं ।’फोकल पर्सन अर्याल बताउनुभयो ।

‘विपद्को जोखिममा महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त, अपांगता भएकाहरू हुन्छन् ।अझ श्रवणशक्ति कमजोर भएका बालबालिकाहरू झन् बढी जोखिममा हुन्छन्।

भूकम्प, बाढी—पहिरो आएको उनीहरूले थाहा पाउन सक्दैनन् ।

त्यसैले उनीहरुलाई सुरक्षित राख्ने दायित्व सरकारको हो । स्थानीय सरकारलाई तयार नेपालको यो किसिमको सहयोग र सहकार्यले धेरै मद्दत मिलेको छ ।’ पालिकाको विपद् फोकल पर्सन अर्याल बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीसँगको कुराकानी तलको भिडियो हेर्नुहोस्

👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution