

धादिङ । सदरमुकाम धादिङबेसीमा जेण्डर च्याप्पियनहरुको लागि तालिम शुरु भएको छ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गंगाजमुना गाउँपालिका र खनियाबास गाउँपालिकाको समन्वयमा संचालनमा गरिरहेको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत आजदेखी ४ दिने तालिम शुरु भएको हो ।

तालिममा गंगाजमुना र खनियावास गाउँपालिकाको सबै वडा बाट दुइ दुइ जना गरि २४ जना, दुबै पालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख २ जना ,प्रयास नेपालका कर्मचारी समेत गरी ३४ जना सहभागी रहेको प्रयास नेपाल धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङले जानकारी दिनुभयो ।

तालिममा लैङ्गिक समानताको अवधारणा , समाजिक समावेशीकरणको अवधारणा,लैगिंक विस्लेषण, बर्तमान अवस्था र चुनौतीहरु निरन्तर लैगिंक हिंसा र यसका प्रकार,लैङ्गिक असमानता ,लैगिंक विभेद र यौन दुरव्यवहार, लैङ्गिक हिंसा र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी कानूनी व्यवस्था, लैङ्गिक हिंसा र यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी स्थानिय सरोकारवाला पहिचान, समन्वय र सम्पर्क,जेन्डर च्याम्पियनको भुमिका र जिम्मेवारी प्रमुख भूमिकाहरू, भूमिका निर्वाह गर्दा गर्न हुने र नहुने कामहरु लगायतका बिषयमा सहजकर्ता शोविता परियारले सहजिकरण गर्नुहुने प्रयास नेपाल धादिङका बित्त तथा प्रशासन सहायक रुपा कट्टेलले जानकारी दिनुभयो ।

तालिम उद्घघाटन सत्रमा आड्रा नेपाल, परियोजना तथा परियोजनामा लैगिकताका सवालहरुका बारेमा आड्रा नेपालका लैगिक सुरक्षा अधिकृत करुणा बरालले जानकारी गराउनु भएको थियो ।
तालिम बुधबारसम्म संचालन हुनेछ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |