

बेनिघाट रोराङ। प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले दुर्घटनामा परेका घाईते भएका बालकलाई सहयोग प्रदान गरेको छ ।
४५ औँ सामाजिक सेवा दिवसको अवसर पारेर प्रयास नेपालले बेनिघाट रोराङ गाउँपालिका वडा ६ बोमराङका बालक बिनोद चेपाङ र उनको परिवारलाई सहयोग प्रदान गरेको हो।
केही समय अघि पञ्चकन्या माविको कक्षा ४ मा अध्ययनरत बालक बिनोद चेपाङ बिद्यालयबाट घर फर्कने क्रममा दुर्घटनामा गरेका थिए ।
उक्त दुर्घटनामा बिनोदको दुबै खुट्टा भाँचिएको र हातमा गंभीर चोट लागेको थियो।
हाल बिनोद चेपाङको काठमाडौ उपचार पछि सुधार हुँदै गरेको बुबा बिजय चेपाङले जानकारी दिनुभयो।

दुर्घटनामा परि भााँचिएको दुबै खुट्टाको अप्रेसन पछि राखिएको स्टील निकाल्न पैसाको अभाव भएको र छोराको उपचारमा जानु परेकाले ज्याला मजदुरमा जान नपाउँदा घरमा खाद्यान्न पनि समस्या भएको बुबा बिजय चेपाङले बताउनुभयो।
यसै जानकारीका आधारमा प्रयास नेपाल धादिङबाट कार्यकारी निर्देशक दामोदर अर्याल, कार्यक्रम प्रबन्धक केशव सिग्देल,सदस्यहरु रुपेश तामाङसहितको टोलीले बिनोदको घर बोमराङमा नै पुगेर खुट्टामा राखिएको स्टील निकाल्न अस्पतालमा बुझाउनुपर्ने १२ हजार नगद समेत गरि २१ हजार बराबरको स्टेशनरी तथा खाद्यान्न सहयोग गरिएको प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले बोमराङबाट जानकारी दिनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |