

त्रिभुवन राजपथ अन्तरगत धुनिबेसी नगरपालिका-९ झ्याप्लेखोलामा पहिरो हटाएपछि सडक एकतर्फी खुलेको छ।
बिहिबारदेखीको अविरल बर्षाको कारण खसेको पहिरो ४८ घण्टापछि हिजो बेलुकी हटाइएको थियो ।
नागढुङ्गा–नौबिसे सडकखण्डमा रोकिएका गाडीलाई पालैसँग काठमाण्डौतर्फ पठाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ।
पहिरोका कारण सडकमै रोकिएका गाडीको लामो लाइन भएकाले पहिले ती गाडीलाई गन्तव्यतर्फ पठाएपछि मात्रै अरू गाडी नियमित रूपमा सञ्चालनमा आउने ट्राफिक प्रहरीले जनाएको छ ।
झ्याप्ले खोलादेखि खानीखोला, नौबिसेसम्म रोकिएका गाडी अहिले काठमाण्डौतर्फ पठाइएको छ ।
काठमाण्डौबाट छुट्ने र काठमाण्डौतर्फ गुड्ने अरू गाडी अहिले चल्न नपाउने ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार रोकिएका सबै गाडी पठाइसकेपछि सडकको अवस्था हेरेर मात्रै नियमित रुपमा गाडी सञ्चालन गर्न दिइनेछ ।
पहिरो हटाए पनि लेदो माटोका कारण गाडी सञ्चालन हुन कठिनाइ भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |