

धादिङ। जिल्ला प्रशासन कार्यालय धादिङले आजदेखि आउँदो शुक्रबारसम्म भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
बुधबार प्रशासनले सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार २०८१ असोज १६ देखि १८ सम्म बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरेको र धादिङ जिल्लामा पनि वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।
यहि असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जान सक्ने र कुनै पनि नदि तथा खोलामा एक्कासी वाढी आउन सक्ने जोखिम यथावतै रहेकोले यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नु हुन, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्नु हुन र नदी किनाराका बस्तीमा एक्कासी बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनु हुन एवं पहिरोको जोखिम भएका स्थानका परिवार/व्यक्ति सुरक्षित स्थानमा सर्नु हुनु सबैमा बिनम्र अनुरोध छ,सूचनामा भनिएको छ।
साथै स्थानीय विपद व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरू, सबै सुरक्षा निकायहरु, यातायात व्यवसायीहरू, यात्रुहरू र नदी किनारका बासिन्दाहरूले तदनुरुप सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
विपद्जन्य कुनै घटना भएमा नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको फोन नं. ०१० ५२०४६४ मा सम्पर्क गरी जानकारी गराउनु हुन प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा जारी सूचनामा उल्लेख छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |