

धादिङ। धादिङमा चाडपर्व विशेष अनुगमन जारी छ। जिल्लाका विभिन्न स्थानमा गुड्ने सवारी साधनहरुमा पनि अनुगमन भईरहेको छ ।
जिल्ला अनुगमन समितिले बढी भाडा उठाउने,नियम विपरीत संचालित सवारी साधनहरुलाई कारवाही गरिरहेको छ ।
आईतबार प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वको जिल्ला अनुगमन समितिले निजी नम्बर (रातो नम्बर)को सवारीले प्रचलित कानुन विपरित २० भन्दा बढी यात्रु बोकेर जाँदै गरेको अवस्थामा २ ओटा सवारी साधनलाई कारबाही गरेको छ ।
नियम विपरित अति धेरै यात्रु बोकेर जोखिमपुर्ण रुपमा गाउँ तर्फ जान लागेको प्रदेश ३-०१-०२४-च ६८३९ र ग २ च ९०५३ का २ वटा निजी ४ पांग्रे सवारी साधनहरुलाई २०/२० हजार जरिवाना गरिएको छ ।
असुरक्षित रुपमा यात्रु बोकेको अवस्थामा भेटिएपछि दुई सवारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
यसैगरि अखाद्य बस्तुबजारमा लगेर विक्रि गरेको, विल विजक जारी नगरेको जिल्ला अनुगमन समिति संयोजक युवराज अर्यालको नेतृत्व अनुगमन टोलीले मलेखुमा एउटा सवारी साधन फेला पारेर ५ हजार रुपैयाँ जरिवाना गराएको छ ।
प्रदेश ३-०१-०२४ च ४१८१ नम्बर को निजि नम्बरको सवारीले बजारमा खान अयोग्य वस्तु विना विल विजक विक्रि गरेपछि कारबाही गरिएको थियो ।
कर समेत छलिएको सवारी साधनलाई इलाका प्रहरी कार्यालय गजुरीलाई जिम्मा लगाईएको छ ।
निजि नम्बरको सवारी साधनले यात्रु बोकेको समयमा दुर्घटना भएमा विमा नहुने भएको सबैतिरबाट समस्या आउने र कानुन विपरितको काम गरिएको ठहर हुने बताईएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |