

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गरेका छन् ।
सर्वसाधारणको आवतजावतका लागि सुविधा पुगोस् भन्ने उदेश्यले दशैँको मुख्य दिन आज पनि निःशुल्क बस सेवा सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहारी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
यी दुई सुरक्षा निकायले हिजो पनि काठमाण्डौ उपत्यकामा निःशुल्क बस सञ्चालन गरेका थिए । प्रहरीको एउटा बसले रिङरोड भित्रका सर्वसाधारणलाई र अर्को बसले रिङरोड बाहिरका सर्वसाधारणलाई सेवा दिनेछ ।
निःशुल्क बस सेवाको एक नम्बर रुटले प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी त्यहिँ रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।
त्यसैगरी अर्को दुई नम्बरको रुटमा नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्नेछ ।
यी बस बिहान साढे ८ बजे र दिउँसो चार बजे गरी दुई सिफ्ट चल्नेछन् । यस्तै सशस्त्र प्रहरी बलले सञ्चालन गरेका बस रिङरोडमा चल्नेछन् ।
सशस्त्र प्रहरी बलले पालिकासँगको समन्वयमा देशका विभिन्न ठाउँमा एक सय ९७ वटा लिङ्गेपिङ राखेको सशस्त्रका डीएसपी एवम् सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |