

काठमाडौं महानगरपालिकाले प्लाष्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ। महानगरले सूचना निकालेर नजिकिँदै गरेको तिहारलाई लक्ष्य गरी प्लाष्टिकका फूलगुच्छा र माला बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो।
‘काठमाडौं महानगरपालिको आव २०८१ ८२ को वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लाष्टिक, प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोन भन्दा पातलो झोलाको बिक्री, वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको छ’, महानगरले निकालेको सूचनामा भनिएको छ।
अनुगमनका क्रममा यस्ता सामग्रीको बिक्रीवितण वा प्रयोग भएको पाइ वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गर्ने चेतावनी महानगरले दिएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |