

धादिङ,०१ ज्येष्ठ ।
नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ धादिङले सरकारी सवारी साधनको दुरुपयोग रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
युवा संघ धादिङले सोमबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङको नेतृत्वमा गएको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीमार्फत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
जिल्लाको १३ वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, १०४ वडाका वडाध्यक्षहरु र सरकारी कर्मचारीलाई राज्यले जतनालाई प्रदान गर्ने नियमित सेवालाई थप सहज बनाउनको निम्ति सवारी साधन उपलब्ध गराएको तर अधिकांश सरकारी सवारी जनताको कामलाई सहज बनाउन भन्दा पनि जनप्रतिनिधिको व्यक्तिगत काम,पार्टी विशेषका काम तथा जनप्रतिनिधिका आफन्तको कामहरुमा बढि प्रयोग हुने गरेको पाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
सरकारी सवारी साधनहरु कार्यक्षेत्र भन्दा बाहिर, कार्यालय समय भन्दा बाहिर, सार्वजनिक विदाका दिनमा पनि व्यापक प्रयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत सम्पुर्ण सम्बन्धित निकायमा अनुगमन तथा नियन्त्रण गराउन ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यो वा त्यो वहानामा नियमन निकायले कारबाही प्रक्रिया ढिला गरेमा राष्ट्रिय युवा संघ धादिङ आफै नागरिक ट्राफिक प्रहरीको रुपमा सडकमा आई त्यस्ता क्रियाकलापहरु नियन्त्रण गर्न बाध्य हुने समेत चेतावनी दिएको छ ।
ध्यानाकर्षण पत्र बुझाउन एमाले बागमती प्रदेश कमिटी सदस्य धुर्व शर्मा रुपाखेती, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य कमल सिलवाल, युवा संघ प्रदेश कमिटी सदस्य रामकुमार थापा, युवा संघ धादिङका सचिव हरिशरण जमकटेल लगाएत जिल्लाका युवा नेताहरूको उपस्थिती रहेको थियो ।
ध्यानाकर्षण पत्र :






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |