

धादिङ,०४ ज्येष्ठ ।
नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अब कार्यकर्ताबाटै उम्मेदवार छान्न दिने बताउनुभएको छ ।
बुधबार एमाले धादिङद्धारा आयोजित मदन आश्रीतको ३० औँ स्मृति दिवस तथा नेपाली राजनितिमा जवजको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले कार्यकर्तालाई उम्मेदवार छान्न दिने र आफुले छानेकोलाई नजिताए सिस्नुपानी लाउने बताउनु भएको हो ।
जनताको बहुदलिय जनवाद अन्तरगत एमालेमा पार्टी सदस्यहरुलाई उम्मेदवार छान्न दिने निति बनाउने अवस्थामा पुगेको बताउनुभयो ।
एमालेले आफूलाई समयानुकुल परिमार्जन गर्दै लगेको भन्दै उहाँले कार्यकर्तालाई अहिल्यै नआत्तिन आग्रह गर्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेका टोप बहादुर रायमाझीलाई निलम्बन गरेको उल्लेख गर्दै यस प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन एमालेले सघाउने बताउनुभयो ।
साथै मदन भण्डारीको योगदान, क्षमता र पार्टीको सिद्धान्त बारे बोल्दै भट्टराइले इतिहासको अन्त्य नहुने भएकोले मदन आश्रितको मृत्यु बारे एकदिन खुल्ने बताउनुभयो ।
मदन भण्डारीको मागदर्शनका कारण एमालेले नेपालको माटो र जनता सुहाउँदो किसिमले सत्ताको उपयोग गर्दै यो परिवर्तन सम्भव भएको दावी गर्नुभयो ।
अहिले संविधानको रक्षा गर्नुपर्ने अवस्थामा आइपुगेको भन्दै भट्टराईले प्रदेश सरकार खारेज गर्ने भनेर एमालेले नभन्ने बताउनुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य जगन्नाथ नेपाल, एमाले जिल्ला उपाध्यक्ष धनबहादुर घले र मदन भण्डारी फाउण्डेशनका जिल्ला अध्यक्ष उमेश थापाले जनताको बहुदलिय जनवादका बारेमा बोल्नु भएको थियो।
कार्यक्रममा एमाले कार्यकर्ताहरुले अन्तरक्रियाको क्रममा नेताहरु सच्चिन आग्रह गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |