

धादिङ,०८ ज्येष्ठ।
राप्रपा सांसद विना लामाले अहिलेको सरकारको नीति तथा कार्यक्रम आफू गाउँपालिका उपाध्यक्ष हुँदा ल्याएको जस्तो भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै लामाले नीति तथा कार्यक्रमको बुँदाहरू हेर्दा ६ वर्षअगाडि ०७४/०७५ मा गाउँपालिकामा आफुले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रमको हुबहु कपिपेस्ट जस्तो भएको बताउनुभएको हो ।
विश्वमा पाइने धेरै रत्नपत्थरमध्ये ८ थरीका पत्थरहरू पाइने र अन्तराष्ट्रिय बजारमा पठाइने तर अहिले यसबारे राज्यको नीतिमा समावेश गर्न नसकिएको भन्दै लामाले हिमाली क्षेत्रलाई नीति तथा कार्यक्रममा समेट्न नसक्नु दुःखदायी रहेको बताउनुभयो ।
उहाँले रूवीभ्यालीमा पत्थर मात्रै उत्खनन् गर्ने हो भने लाखौं युवाहरू विदेश जानुपर्ने अवस्था न्यूनिकरण हुने पनि बताउनुभयो ।लामाले राज्यलाई खाली मागेर खाने बानी परेकोले स्रोत पहिचान गरी नेपाललाई बेरोजगारमुक्त होइन ऋण माथि ऋण मागेर राज्यलाई भिखारी बनाउन तत्पर देखिएको बताउनुभयो ।
लामा ०७४ को स्थानीय निर्वाचनमा धादिङको रूवीभ्याली गाउँपालिकाको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।उहाँ अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट समानुपातिक सासद हुनुहुन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |