

धादिङ,०९ ज्येष्ठ।
नेपाली काँग्रेसका सांसद रामनाथ अधिकारीले धादिङवेशी–फोस्रेटार सडक कालोपत्रे गर्न र किन्ताङखोलामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले धादिङवेसी–सुनौलाबजार–फोस्रेटार नुवाकोट जोड्ने सडक कालोपत्रेको लागि बजेट व्यवस्थापन गर्न माग गर्नुभएको हो ।
वि.स. २०७२÷७३ मा सुरु भएको ३२ किलोमिटर सडकको हाल जम्मा ८ किलोमिटर मात्रै कालोपत्रेको काम भईरहेको भन्दै सांसद अधिकारीले बाँकी सडक कालोपत्रे गर्न २०८०/८१ को बजेटमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलिब्रिज बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।उहाँले भन्नुभयो,‘उत्तरी धादिङको तिन गाउँपालिकाका १४–१५ वटा वडा असार लागेपछी आवत जावत बन्द हुन्छ,त्यहाँका नागरिकहरु नागरिकता लिनको लागि पनि नुवाकोट र रसुवा हुदै धादिङवेशी आउनुपर्ने अवस्था छ ।’
उहाँले तत्काल उक्त किन्ताङ खोलामा बेलिब्रिजको व्यवस्था गर्न माग गर्नुभयो ।अधिकारी धादिङ प्रतिनिधि सभा क्षेत्र नं २ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद हुनुहुन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |