

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चारदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत भारत जान लाग्नुभएको हो । प्रधानमन्त्रीको भ्रमण टोलीमा पाँच जना मन्त्रीसहित ९० जनाको टोली रहनेछ ।
भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड दिउँसो २:५० मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतरण गर्नुहुनेछ ।
भोलि बिहान १०:३० बजेदेखि प्रधानमन्त्रीको भेटवार्ता सुरु हुने छ । भोलि नै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।प्रचण्ड र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ । त्यसलगत्तै दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने तालिका रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |