Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ घण्टा अघि
२

खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

२ घण्टा अघि
३

प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

२ घण्टा अघि
४

धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

२ घण्टा अघि
५

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
६

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२ दिन अघि
७

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२ दिन अघि
८

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२ दिन अघि
९

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२ दिन अघि
१०

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२ दिन अघि
११

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२ दिन अघि
१२

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

३ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ घण्टा अघि
४

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
५

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

४ दिन अघि
६

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
७

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
९

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

३ दिन अघि
१०

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
११

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

२ हफ्ता अघि

स्थानीय तह दलित जनप्रतिनिधि महासंघको अध्यक्षमा धादिङका दीपक विश्वकर्मा

  • बागमती कलम
  • ६७० पटक पढिएको
  • प्रकाशित मिति: २०८० जेष्ठ २३, मंगलबार (३ साल अघि)
स्थानीय तह दलित जनप्रतिनिधि महासंघको अध्यक्षमा धादिङका दीपक विश्वकर्मा

धादिङ,२३ जेठ ।
स्थानीय तह दलित जनप्रतिनिधि महासंघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्मा चयन हुनुभएको छ।

शनिबार र आईतबार काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा भएको देशभरका स्थानिय तहका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय भेलाले विश्वकर्माको अध्यक्षतामा स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय महासंघ गठन गरेको हो ।भेलाले तत्कालका लागि महासंघमा रहने २१ सदस्यीय समितको गठन गरेको छ।

महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली चयन हुनुभएको छ । त्यस्तै महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा,उपमहासचिमा गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना बिक सचिवमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपमेयर खुम बहादुर, कोषाध्यक्षमा लुम्बिनी संस्कृती नगरपालिका रूपन्देहीका उपप्रमुख कल्पना हरिजन चयन हुनुभएको हो ।

जातीय छुवाछुत मुक्त राष्ट्र घोषणाको १७ वर्ष पुगेको अवसरमा स्थानीय तह दलित जनप्रतिनिधि महासंघ घोषणा गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।महासंघले देशैभरका स्थानीय तहमा दलितमैत्री नीति, कानुन, योजना , कार्यक्रम र बजेट निर्माणमा सहयोग पु¥याउने उहाँको भनाई छ। त्यस्तै दलित जनप्रतिनिधिहरूको क्षमता विकास, सशक्तिकरण गर्नुका साथै असल अभ्यासको सिकाई आदानप्रदान गर्दै दलित अधिकार र विकासका निमित्त लक्ष्य लिएको पनि बताउनुभयो ।

उक्त भेलाले १५ बुँदे काठमाडौं घोषणापत्र समेत जारी गरेको छ। घोषणापत्रमा जेठ २१ लाई दलित अधिकार दिवस मनाउनुपर्ने मागदेखि एक पालिका एक दलितलाई छात्रवृत्तिमा एमबिबिएस डाक्टर पढाउने लगायतका विषय समेटिएको छ।

यस्ता छन् घोषणापत्रका १५ बुँदा

१‍‌. नेपालको संविधानको धारा २३५ अनुसार तीन तहको सरकार सहकारीता, सहअस्तित्व र समन्वयका अधारमा सञ्चालन हुनुपर्ने व्यवस्था  भएअनुसार सबै तहले जातीय छुवाछुत तथा भेदभाव अन्त्यका योजना निर्माण गर्दै छुवाछुत राष्ट्र घोषणालाई कार्यान्वयन गर्न गराउन माग गर्दछौं।

३. देशभरका ७५३ वटा स्थानीय तहका दलित जनप्रतिनिधिहरूको साझा प्रतिनिधिमूलक संस्थाको रुपमा स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय महासंघ रहेकाले दलित जनप्रतिनिधिहरूको क्षमता विकास, अवसर, चुनौती र साझा मुद्धाहरूमा बहस पैरवी गर्न नगरपालिका संघ, गाउँपालिका महासंघ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ मा आवश्यक शंसोधन गरि स्थानीय सरकारका संघ/महासंघलाई ऐनमा सम्बोधन गर्दा स्थानीय तह दलित जनप्रतिनिधि महासंघलाई समेत मान्यता प्रदान गर्न माग गर्दछौं।

४. स्थानीय तहको प्रमुखको नेतृत्वमा दलित समुदायको व्यक्ति कार्यकारी प्रमुख हुने गरि स्थानीय दलित विकास समिति गठन गर्नुपर्ने साथै वडा स्तरमा दलित महिला वडा सदस्यको नेतृत्वमा सोही समिति गठन गर्न माग गर्दछौं।

५. कक्षा १ देखि १२ सम्मको माध्यामिक शिक्षालाई पूर्ण निःशुल्क गर्नुपर्ने। साथै दलित समुदायमाथि हुने विभेद र अपमानको पुर्ण अन्त्यको लागि विद्यालय र विश्वविद्यालय तहका सबै शैक्षिक पाठयक्रममा परिमार्जन गर्दै दलितमैत्री पाठयक्रम र पाठयसामाग्रीको विकास गर्न माग गर्दछौं।

६. प्रत्येक पालिकामा दलित विद्यार्थीको लागि निश्चित रकम छात्रवृत्ति कोष विनियोजन गर्दै प्राविधिक शिक्षा तथा उच्च शिक्षासम्म छात्रवृत्ति प्रदान गर्न र एक पालिका १ डाक्टरलाई कार्यान्वयन गर्नुका साथै छात्रवृत्ति कोष कार्यक्रमलाई देशव्यापी अभियानको रुपमा संचालन गर्न माग गर्दछौं।

७ राज्यले सरकारी अस्पतालमा दलित स्वास्थ्य उपचार कोष स्थापना गरी ठुला रोग लागेका र गरिबीको रेखामुनी रहेका दलित समुदायका विरामीलाई पुर्ण निःशुल्क उपचारको व्यवस्था गर्न र दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्दै प्रत्येक स्थानीय तहमा अर्धवार्षिक रुपमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर संचालन गरिनुपर्ने।

८ स्थानीय दलित सीप, कला र संस्कृतिलाई प्रविधिमैत्री बनाइ अन्तरपुस्ता हस्तान्तरण गरी आयआर्जन र आम्दानी वृद्धि गर्न विशेष कार्यक्रम प्रदेश सरकार, संघीय सरकारबाट संचालन गर्न माग गर्दछौं।

९. हालको व्यवस्था अनुसार निर्वाचित वडाध्यक्षहरू दिनानुदिनको काममा व्यस्त हुने हुनाले सम्पूर्ण विषयगत समितिहरूको नेतृत्व कार्यपालिका सदस्यहरूले गर्ने कानूनी व्यवस्था गर्न माग गर्दछौं।

१०.दलित भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित वसोवासी तथा मधेश प्रदेशमा रहेका मुक्त हररुवाचररुवा तथा पश्चिम नेपालमा रहेका मुक्त हलियाहरूको वैज्ञानिक तथ्याँक संकलन गरी उनीहरूको प्रभावकारी पुनःस्थापना पूरा गर्न राष्ट्रिय भूमि आयोगको ऐनमा संशोधन गरी दलितमैत्री बनाउन माग गर्दछौं।

११ राज्यका सबै क्षेत्रमा संविधानको धारा ४० को उपधारा (१) अनुसार समावेशी समानुपातिकको भावना अनुसार विद्यमान सबै ऐन कानूनहरू संशोधन गरियोस साथै दलित समुदायका लागि रोजगारीको सुनिश्चितताका लागि फाष्ट ट्र्याकको नीति अवलम्बन गर्न माग गर्दछौं।

१२. स्थानीय सरकारमा संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न कर्मचारी समायोजन र व्यवस्थापन गर्दा दलित समुदायको कर्मचारीहरूको समानुपातिक सहभागितासहितको समावेशीकरण गर्न गराउन आवश्यक कानून बनाउन माग गर्दछौं।

३. सबै तहका अदालतहरूमा दलित सम्बन्धी मुद्दा हेर्ने अलग इजलाश, सम्पूर्ण प्रहरी कार्यालयहरूमा दलित सेल तथा हरेक स्थानीय तहमा दलित सशक्तिकरण विभाग गठन गर्न माग गर्दछौ।

१४. दलित समुदायमा व्याप्त बेरोजगारीको अन्त्य र आर्थिक विकासका लागि प्रत्येक पालिकामा दलित स्वरोजगारमूलक एवं उद्यमशिलता विकास कार्यक्रम लागू गर्न माग गर्दछौं। साथै, हरेक वडामा दलित यूवाहरूलाई साइकल, मोटरसाइकल, मोटर, रेडियो, टीभी, मोवाइल, फ्रीज, कम्युटर सफ्टवेयर, हार्डवेयरलगायतको तालिम सञ्चालन गरी रोजगारी सिर्जना गर्न माग गर्दछौं।

१५. देशभरका ७५३ वटा स्थानीय तहका दलित जनप्रतिनिधिहरूको साझा प्रतिनिधिमुलक संस्थाको रुपमा स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय महासंघ रहेकाले दलित जनप्रतिनिधिहरूको क्षमता विकास, अवसर, चुनौति र साझा मुद्धाहरूमा बहस पैरबी गर्न नगरपालिका संघ, गाउँपालिका महासंघ तथा  स्थानीय सरकार संचालन ऐन, २०७४ मा आवश्यक शंसोधन गरि स्थानीय सरकारका संघ/महासंघ लाई ऐनमा सम्बोधन गर्दा स्थानीय तह दलित जनप्रतिनिधि महासंघलाई समेत मान्यता प्रदान गर्न माग गर्दछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • pakrau

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

  • 713663173_1699458651054073_4510451867413825619_n

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

  • 712114878_1009775401503938_5904138841576517472_n

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

  • dhadingpost

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

  • समाचार
  • १

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ
    १ घण्टा अघि

  • २

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने
    २ घण्टा अघि

  • ३

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता
    २ घण्टा अघि

  • ४

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन
    २ घण्टा अघि

  • ५

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • ६

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २ दिन अघि

  • ७

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २ दिन अघि

  • ८

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २ दिन अघि

  • ९

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २ दिन अघि

  • १०

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution