

धादिङ,२५ जेठ ।
नेपाल प्रेस युनियन धादिङकोे अध्यक्षमा सन्तोष श्रेष्ठ चयन हुनुभएको छ।
बुधबार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यान्टारमा भएको शाखाको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा कार्यसमितिको उपाध्यक्ष(खुल्ला)मा सन्तोष अधिकारी, उपाध्यक्ष(समावेशी)मा बिनु सिंखडा, सचिवमा मनिश श्रेष्ठ, सहसचिवमा सुशिला विश्वकर्मा, कोषाध्यक्षमा सितल सापकोटा चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सन्जु श्रेष्ठ, दिलिप श्रेष्ठ, अनिश तामाङ, पुरुषोत्तम ढुङ्गाना, अनिल आचार्य चयन हुनुभएको छ ।
पोषनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघिय सांसद प्रदीप पौडेलको प्रमुख आतिथ्यता तथा धादिङ क्षेत्र नं २ का संघिय सांसद रामनाथ अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
अधिवेशनको अवसरमा शाखाले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |