

धादिङ,१० असार।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन इन्चार्ज भानुभक्त ढकालले ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताए ।
आइतबार एमाले धादिङले आयोजना गरेको जनसंगठको भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता ढकालले एमालेलाई चारैतिरबाट घेराबन्दी गरिरहे पनि त्यसलाई चिरेर आगामी ०८४ को निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने बताएका हुन् ।
उनले बजारमा नयाँ नयाँ झुटको एजेन्डा खडा गरि एमाले र अध्यक्ष केपी शर्मा ओलिका विरुद्ध अफवाहको षड्यन्त्र भैरहेकोले पार्टीका जिम्मेवार कार्यकर्ताले त्यस्ता गलत प्रवृत्तिको भण्डाफोर गरि पार्टीलाई मजबुत बनाउन लाग्नुपर्ने बताए ।
नेता ढकालले नेकपा एमाले हिजो, आज र भोलि पनि पहिलो पार्टी भएको भन्दै आगामी ०८४ को निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गरे । समाजवादी मोर्चा प्रती लक्षित गर्दै ढकालले आफ्नो कुनै भबिस्य नदेखेपछी दुनियाँलाई भ्रममा पार्न र आफ्ना कार्यकर्ता तह लगाउन मोर्चा गठन गरेकोले यसको कुनै औचित्य नभएको टिप्पणी गरे ।
यसैगरी कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा जनसंयन्त्रको बागमती प्रदेश इन्चार्ज रचना खड्काले नेकपा एमालेले मिशन ०८४ लिएर अगाडि बढेकोले वडा तहसम्म जनसंगठन बिस्तार र सुदृढीकरण गर्नुपर्ने बताए ।
नेता खड्काले एमालेको जनवर्गिय संगठनका युवाहरूले एमाले पार्टीले बिगतमा गरेको राम्रो कामको प्रचार गर्दै अहिलेको सरकारले गरेको गलत कामको भण्डाफोर गर्नुपर्ने बताए ।
प्रशिक्षणलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाले नेकपा एमाले पार्टीले ०८४ मा ८० प्रतिशत भोट आफ्नो पक्षमा ल्याउने बताए ।
एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भुमी त्रिपाठिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सदस्य नरेश खतिवडा , गंगादेवि श्रेष्ठ, उमा नेपाल लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले धादिङको २३ वटा जनवर्गिय संगठनको केन्द्रिय सदस्य , प्रदेश सदस्य , जिल्ला सदस्य तथा पालिका कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |