

धादिङ,१० असार।
सांसद राजेन्द्रप्रसाद पाण्डेले बजेट आफ्नो क्षेत्रमा लैजान मन्त्री नै हुनुपर्ने अवस्था वर्तमान सरकारले देखाएको आरोप लगाउनुभएको छ।
आइतवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै सांसद पाण्डेले सरकारले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्र केन्द्रित बजेट ल्याएको आरोप लगाउनुभएको हो ।
उहाँले आफूहरू सत्तापक्षको भए पनि सरकारले ल्याएको बजेट कुनै पनि हालतमा पास गर्न नसकिने बताउनुभयो। प्रधानमन्त्री र सांसदहरूको निर्वाचन क्षेत्र बराबर भए पनि त्योअनुसारको बजेट विनियोजन हुन नसकेको बताउनुभएको छ।
सरकारले बजेट बनाउँदा एक सय ६५ निर्वाचन क्षेत्रका सांसदहरूलाई समानुपातिकरूपमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, प्रकाशशरणको ठाउँमा म अर्थमन्त्री भएको भए धादिङमा बजेट ओइराउन मिल्ने रहेछ,मन्त्री भएपछि आफ्नो क्षेत्रमा बजेट झ्याप्प हाल्न पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने रहेछ ।’
बजेट निर्माणमा सांसदहरूको भूमिका खोइ भनेर मैले खोजेको हो । मैले प्रधानमन्त्री र शेरबहादुर देउवासँग सोधेँ– तपाईँहरूलाई भोट हाल्ने नागरिक र मलाई भोट हाल्ने नागरिकमा फरक के छ ? तपाईँको निर्वाचन क्षेत्रमा ५५ करोड जाने, अर्कोको निर्वाचन क्षेत्रमा एक सय १० करोड जाने तर मेरो क्षेत्रमा चिल्लै हुने ? यस्तो अवस्थाको अन्त्य हुनुपर्छ,सांसद पाण्डेले भन्नुभयो।
नेकपा (एकिकृत समाजवादी) का उपाध्यक्ष पाण्डे धादिङ प्रतिनिधि सभा क्षेत्र नं १ बाट निर्वाचित सांसद हुनुहुन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |