

धादिङ,११ असार।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास यही असारभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
सोमबार धादिङको गजुरी गाँउपालिका वडा नं.१ गजुरीबजारस्थित आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
बुढिगण्डकी जलविद्युत आयोजना निर्माण पक्रिया अगाडी बढाउन धादिङ र गोरखाका जनतासँग प्रतिबद्धता व्यक्त गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटिमा समझदारी बनिसकेको र असारमहिना भित्रै निर्माण पक्रिया अगाडी बढ्यो भन्ने सुनिश्चतता गर्न कार्यालय उद्घाटन र आयोजनाको शिलान्यास एकैसाथ गरिने बताउनुभयो।
उहाँले आदर्श बहुमुखी क्याम्पसलाई विज्ञान र अनुसन्धानसँग सम्बन्धी उच्च स्तरिय विद्यालय बनाउन सहयोग गर्ने बताउनुभएको छ । गजुरी देशभरी चिनिएको ठाउँ र केन्द्रबिन्दु पनि भएकाले यहाँ हुने शिक्षाको विकासले देशभर सन्देश जाने बताउनुभयो।
प्रचण्डले धादिङका सामुदायिक क्याम्पसलाई अनुदान रकमको लागि पहल गर्ने,उत्तरी धादिङको विकासको लागी सक्दो पहल गर्ने पनि बताउनुभएको छ ।
यो पटक धादिङ र गोरखामा विकास परियोजनाहरु अगाडी बढ्ने बताउनुभयो।त्यस्तै फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले पाँचवर्ष यो गठबन्धन केहि नहुने भन्दै यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जाने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ तर यो गठबन्धन पाँच वर्ष केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’
प्रचण्डले दुनियाँले के भन्छ त्यतातिर भन्दा पनि राम्रो गर्दै जाने तिर आफ्नो ध्यान रहेको बताउनुभयो ।साथै भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि राम्रो गरेको देखी नसहने नकारात्मक प्रवृति भएकाहरूले विरोध गरेको बताउनुभयो।
देश र जनताको पक्षमा राम्रो गर्दै जाने भन्दै प्रचण्डले जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने पनि बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |