

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ।
आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिएका छन । उनका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि सीता दाहाललाई विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन पुगेको हो ।
अस्पतालमा अहिले प्रधानमन्त्री दाहाललगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन्।
प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लको अनुसार पत्नी दाहालको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ ।
बिहान ११ बजे देखी १ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर २ बजे अन्तिम दाह संस्कारका पशुपतिनाथ लगिनेछ ।
उनी नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत हुन् । सीताकाे निधनसँग प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन् । यसअघि क्यान्सरका कारण जेठी छाेरी ज्ञानु र एक मात्र छाेरा प्रकाशलाइ गुमाएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |