

धादिङ,०७ भदौ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडक अब प्रदेशले बनाउने बताउनुभएको।
बिहिबार धादिङबेशीमा जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडकलाई बहुवर्षिय आयोजना स्वीकृत गरेर प्रदेशले बनाउने बताउनुभएको हो।रुवीभ्याली जाने बाटोलाई अब संघीय सरकारले बजेट नहाल्ने भन्दै उहाँले यसको जिम्मा प्रदेशले लिने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘किन्ताङफेदीमा बेलिब्रिज बन्ने भए ठिकै छ बनेन भने प्रदेश सरकारले पक्की पुलनै बनाउने छ,यो कुरा कन्फर्म गर्छु र डिपिआर ल्याउन पुर्वाधार कार्यालयलाई आग्रह गर्दछु।’
छिट्टै प्रादेशिक सडक गुरुयोजना पास गर्ने बताउदै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो,‘धादिङको ३५ वटा सडकमा बजेट राख्नेछौ,एक नम्बरमा धादिङबेशी साङकोष तिप्लिङ सडकलाई राखेर यसपालिबाटै बहुवर्षिय आयोजना स्वीकृत गरेर प्रदेशले बनाउनेछ।’
जम्कट्टेलले रुवीभ्याली एकिकृत विकासको लागी ३ बर्षदेखी बजेट विनियोजन गरिएको भएपनि कार्यान्वय नभएकोले यसबर्षबाट एकिकृत विकासको छुट्टै कार्यालय स्थापना गरेर अगाडी बढ्ने पनि बताउनुभएको छ ।
रुवीभ्यालीलाई महत्वपुर्णमा राखि खनियाबास र गंगाजमुनालाई पनि जोड्ने बताउनुभयो । यस्को लागी कार्यविधि र मापदण्ड तयार गरिसकेको उहाँको भनाई छ।धादिङमा प्रदेश सरकारबाट बजेट धेरै आएको भएतापनि काम नहुने, फ्रिज हुने गरेको गुनासो गर्नुभयो ।धेरै पालिकामा प्रदेशले पठाएको बजेट कार्यान्वयन नभएको बताउनुभयो।
जिल्लामा आएको बजेटलाई व्यवस्थित ढङगले सदुपयोग गर्न मुख्यमन्त्री जम्कट्टेलले सबैलाई आग्रह गर्नुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |