

धादिङ,२४ भदौ।
आज वीपी कोइरालाको ११०औँ जन्मजयन्ती,नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीमा धादिङसहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
धादिङमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले प्रजातन्त्रवादी प्राध्यापक संघ धादिङको सहकार्यमा “वैचारिक दृष्टिमा बीपी“ विषयक वैचारिक विमर्श कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । कार्यक्रम धादिङबेसीस्थित बीपी स्मृति भवनमा बिहान ११ः३० बजेबाट प्रारम्भ हुने कांग्रेस धादिङले जनाएको छ।
१९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्दैछन्।
जन्मजयन्तीको अवसरमा आजदेखि तीन दिनसम्म वीपी साहित्य महोत्सव हुँदैछ ।केन्द्रीय कार्यालय सानेपामा हुने महोत्सवको उद्घाटन बिहान ९ बजे कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |