

नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हिजो पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेको अधिवेशनको आज प्रज्ञा भवन कमलादीमा बन्दसत्र हुन लागेको हो ।
बिहान ८ बजे सुरु हुने बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी भएका छन् ।
उक्त अधिबेशनका लागि धादिङबाट ८६ जना प्रतिनीधि छनोट भएका छन् ।धादिङ प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट ५४ जना र २ बाट ३२ जना रहेका छन् जसमा महिला प्रतिनीधिको संख्या २५ र पुरुष प्रतिनीधिको संख्या ६१ जना रहेको छ।
अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चयन गर्नेछ ।
प्रदेश अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, रचना खड्का, केशवराज पाण्डे, विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ अध्यक्षको दाबेदार रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |