

बाग्मती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ । गत ८ गते सुरु भएको अधिवेसन ९ गते सम्पन्न गर्ने भनिए पनि अब अधिवेसन ११ असोजसम्म लम्बिन पुगेको हो ।
आजका लागि निर्वाचन कार्यतालिका सार्बजनिक भएको छ । निर्वाचन समितिले असोज १० र ११ गतेको निर्वाचन कार्यतालिकाको बारेमा जानकारी दिए पछि दुई दिन बढी लम्बिएको हो ।
जसअनुसार निर्वाचन कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुनेछ । तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन हुनेछ भने ९ देखि ११ बजे उम्मेदवारी मनोनयन गरिनेछ ।
दिउँसो ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुटाएको निर्वाचन समितिले साँझ ५ बजे मात्रे उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।
बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने छ भने सोह दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाईएको छ । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।
बन्द सत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको बाग्मती एमालले निर्वाचनको सम्पुर्ण प्रक्रिया भने च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा गर्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |