

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद(डिपि)अर्यालले धादिङमा पहिलोपटक सार्वजनिक सुनुवाइ गर्नुहुने भएको छ ।
जिल्लाको सबै सरकारी निकायको प्रतिनिधित्व रहने सार्वजनिक सुनुवाइ पुस १३ गते दिउँसो साढे १२ बजे जिल्ला समन्वय समितिको हलमा हुने सांसद अर्यालका स्वकीय सचिव केशव रानाले जानकारी दिनुभयो।
सेवाग्राहीले विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षा लगायतका विषयमा आफ्ना चासो, गुनासा, प्रश्न र सुझावहरू एकै ठाउँबाट प्रत्यक्ष राख्न पाउनेछन्।
साथै नागरिकले सोधेका प्रश्नहरूको सांसद अर्यालसँगै सरोकारवाला निकायका प्रतिनिधिहरूले जवाफ दिने रानाले बताउनुभयो।सार्वजनिक सुनुवाइमा कुनै पनि दलसँग सम्बन्धित झण्डा, चिह्न वा संकेत प्रयोग नहुने उहाँको भनाई छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |