

धादिङ । नेकपा एमाले धादिङको जिल्ला अधिवेशन भोलिदेखी सुरु हुने भएको छ ।
विवादपछि रोकिएको नवौँ अधिवेशनको बन्द सत्र भोलि मंगलबारदेखी पुनः सुरु हुने एमाले धादिङले जनाएको छ ।माघ १९ गते उद्घाटन भएको अधिवेशनको २० गते बन्दसत्रमा विवाद भएपछी स्थगित भएको थियो ।
अधिवेशन स्थगित भएपछि नेकपा एमाले केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेल र सदस्य भानुुभक्त ढकालको टोलीले जिल्ला पार्टी कार्यालय, बन्दसत्रमा घाइते भएका कार्यकर्ता लगायतलाई भेटि अध्ययन गरेको छ र प्रतिनिधि छनौट प्रकृया तथा निर्णयहरुका बारेमा समेत छलफल गरी दस्तावेजहरुको अध्ययन गरेको एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिनुुभयो ।
संगठन विभागले केन्द्रीय पार्टी कार्यालयमा पटक पटक संगठन विभाग, धादिङमा खटाइएका पार्टी इन्चार्ज, पालिका इन्चार्ज, तथा सिन्धुलीका पार्टी इन्चार्ज, प्रदेश कमिटिका अध्यक्ष तथा धादिङका पदाधिकारी लगायतसँग पटक पटक बैठक र छलफल गरेको पनि त्रिपाठीले बताउनुभयो ।
संगठन विभागको अध्ययन र निष्कर्षपछि स्थगित अधिवेशनको बन्द सत्र सुरु गर्ने निर्णय भएको उहाँको भनाई छ। बन्दसत्रमा नेकपा एमाले केन्द्रीय संगठन विभागको समेत सहभागिता रहने अध्यक्ष त्रिपाठीले बताउनुभयो ।
अधिवेशनको लागि छनौट भएका प्रतिनिधिहरुलाई सबैको मोबाइलमा म्यासेज गरेर बोलाइएको पनि उहाँले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |