

धादिङ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी हुनुभएको छ ।
प्रतिस्पर्धी डा.रामकुमार अधिकारीलाई ६१ मतान्तरले पराजित गर्दै त्रिपाठी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।जम्मा खसेको ५४७ मतमध्ये त्रिपाठीले ३०९ मत प्राप्त गर्नुभयो भने अधिकारीले २४८ मत पाउनुभयो ।
यस्तै पदाधिकारीमा पनि अध्यक्ष त्रिपाठीकै प्यानलका सबै निर्वाचित भएका छन्।
जसमा उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ(गोर्खाली) ले ३१५ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी राम कुमार आचार्यले २३२ मत पाउनुभयो।
सचिवमा राधिका सापकोटाले ३३८ मत पाउँदा उहाँको प्रतिस्पर्धी हरिराम लोहनीले २०९ प्राप्त गर्नुभएको छ।
यसैगरी उपसचिवमा भक्त बहादुर लामिछानेले ३४८ मत पाउँदा उहाँको प्रतिस्पर्धी काजि श्रेष्ठले १९९ मत र उपसचिवमा उर्मिला रेग्मीले ३५१ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी खुपी कुमारी तामाङले १९६ मत प्राप्त गर्नुभएको छ।
जिल्ला सदरमुकाम धादिङबेशी स्थित मदन आश्रित स्मृति भवनमा भएको नवौँ जिल्ला अधिवेशनले १ सय ५ सदस्यीय कमिटी र ७ सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ ।
जिल्ला कमिटीको ५५ जना सदस्य भने सर्वसम्मत निर्वाचित भएका थिए ।
अध्यक्षमा निर्वाचित भएपछि नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्नुहुँदै त्रिपाठील लोकतान्त्रिक पद्दतिमा गइसकेपछि हारजित अनिवार्य हुने भएकोले आगामी दिनमा नेकपा एमाले धादिङ एकठिक्का बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिष्पर्धी अधिकारीसहित नेताहरुलाई आफ्नो कार्यकाल रहुन्जेल सधैं सम्मानजक व्यवहार गरेर सबैको सल्लाह सुझाव लिएर अघि बढ्ने बताउनुभयो ।
त्रिपाठीका प्रत्यासी डा. अधिकारीले त्रिपाठीको नेतृत्वमा रहेको जिल्ला कमिटिलाई कुनै पनि ठाउँमा एक कसुर बाँकी नराख्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘भूमी त्रिपाठीको नेतृत्वको जिल्ला कमिटिलाई कुनैपनि ठाउँमा सहयोग गर्न केही कसुर बाँकी रहने छैन । भुमी त्रिपाठीले यो ठाउँमा जानुस् तपाइ गइदिनुप¥यो भनेको ठाउँमा म जानेछु । म गइन भने त्यतिखेर मलाई औला ठड्याउनुहोला ।’
गत माघ १९ गते औपचारिक उद्घाटन भएर बन्दसत्र सुरु गर्ने बेला आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन बुधबारबाट पुनः संचालन भएको थियो । अध्यक्ष त्रिपाठीको यो तेश्रो कार्यकाल हो ।
यस्तो छ,मत परिणाम





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |