

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।
आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको हो । मत विभाजनका क्रममा उहाँको प्रस्तावको पक्षमा ५६ मत खसेको छ । यस्तै उहाँको विपक्षमा ३७ जना सांसदले मत दिए भने १५ जना सांसद तटस्थ रहे ।
एक सय १० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए ।बहुमतका लागि ५६ जना सांसदको समर्थन चाहिनेमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै सांसदको समर्थन पाउनुभयो ।
उहाँलाई माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी ले विश्वासको पक्षमा मत दिएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |