

धादिङ। माओवादी युद्धमा मारिएका सलाङका खिनबहादुर थापाको सालिक अनावरण गरिएको छ ।
सिद्धलेक गाउँपालिकाको लागतमा सहिद खिनबहादुर थापा स्मृती प्रतिष्ठानले वडा नं–४ सलाङ स्थित मैदानमा निर्माण गरेको सालिकको शुक्रबार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रतिनिधीसभाका सांसद राजेन्द्रप्रसाद पाण्डेले अनावरण गर्नुभएको हो।
गाउँपालिका तथा वडा नम्बर ४ को कार्यालयको ३ लाख ९९ हजारको लागतमा तत्कालिन सलाङ गाउँ पंचायत वडा नम्बर ६ हाल सिद्धलेक गाउँपालिका वडा नम्बर ४ का अग्रज, नेकपा एमाले जिल्ला सदस्य खिन बहादुर थापाको अर्धकदको शालिक निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष मणिराम मगरले बताउनुभयो ।

वडा नं–४ का वडा अध्यक्ष झक बहादुर थापा मगरको अध्यक्षतामा भएको शालिक अनावरण कार्यक्रममा सांसद पाण्डेको प्रमुख आतिथ्यता तथा भुमि आयोगका निबर्तमान अध्यक्ष कृष्ण प्रसाद अर्याल, गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, वडा नम्बर ३ का वडा अध्यक्ष देव पुलामी,वडा नम्बर ६ का वडा अध्यक्ष सुरेन्द्र मगरको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य तथा वडासदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, समाजसेवीहरु लगायतको आतिथ्य रहेको थियो।

खिनबहादुरलाई माओवादी कार्यकर्ताले तात्कालिन जनयुद्धको क्रममा २०६१ मंसिर २६ गते घरबाट अपहरण गरि हत्या गरेका थिए ।

२०१४ असार १३ गते जन्मनु भएका खिनबहादुर थापा मगर ०३६ साल देखि कम्युनिष्ट राजनीतिमा लाग्नुभएको थियो ।०३६ सालमा भएको बहुदल कि निर्दल भन्ने जनमत संग्रहमा यी दुई बहुदलको प्रचारकर्ताको रुपमा रहनु भयो।
उनीहरुलाई तात्कालि मालेका नेताहरु मिनराज कडेंल, राजन्द्र पाण्डे, देवराज त्रिपाठीले प्रशिक्षित पारेका थिए ।
उहाँ साँस्कृतिक अभियानमा समेत सहभागि हुँदै जनतालाई सचेत पार्दै पंचायत विरोधी अभियान र वहुदलपछि न्यायको पक्षमा लाग्नु भएको थियो।

मुलुक द्वन्दमा होमिए संगै सलाङका इन्द्र कुमार थापा, कर्ण बहादुर थापा (सेनाको लप्टन), खिन बहादुर थापा र गोपाल थापा माओवादीको वारेन्टमा परे । पंचायतमा जनपक्षीय नेता, युवक संगठनको अध्यक्ष, बहुदलपछि गाउँ विकास समिति अध्यक्ष उम्मेदवार, जिल्ला विकास समिति सदस्य समेत हुनुभएर गाउँको विकासका लागि निरन्तर लागिरहनुभयो ।
माओवीहरुले पनि जनताको मानिस मारिएकोमा क्षमा मागेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |