

धादिङ । प्रेस चौतारी नेपाल जिल्ला समिती धादिङको अध्यक्षमा श्री हजुर सिलवाल (राजन) चयन हुनुभएको छ ।
सोमबार धादिङबेशीमा भएको प्रेस चौतारी नेपाल जिल्ला समिती धादिङको २५ औं साधारणसभा तथा बिस्तारित भेलाले चौतारी धादिङको रिक्त रहेको पदहरुमा पदपुर्ती गरेको हो ।
जसको उपाध्यक्षमा रेख बहादुर गुरुङ, पबित्रा थापा मगर, सचिवमा अनिल नेपाली, सह–सचिवमा बिनोद तमु, कोषाध्यक्षमा उपेन्द्र अधिकारी चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सुदिप अधिकारी, बिरमान तामाङ र चिनु सारु मगर रहनुभएको छ ।
यस्तै साधारणसभाको अवसरमा प्रेस चौतारी धादिङले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ ।
पत्रकार अर्जुन श्रेष्ठ प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ र राजाराम डंगोल प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत हुनुभएको हो ।
नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उल्लेखनीय योगदान पु¥याउदै आएको भन्दै क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
२०६७ सालदेखि सक्रिय पत्रकारितामा रहेका छन् श्रेष्ठ हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादक हुनुहुन्छ ।
त्यस्तै डंगोल रेडियो कृषिको कार्यक्रम संयोजक तथा टोलटोलको खबर डटकमको संचालक हुनुहुन्छ ।पुरस्कृत हुनुभएका श्रेष्ठ र डंगोललाई नगदसहित सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |