

धादिङ । नेकपा एमाले गंगाजमुना गाउँपालिकाको अध्यक्षमा नवराज ढकाल चयन हुनुभएको छ ।
मंगलबार सम्पन्न दोश्रो अधिवेशनले ढकालको अध्यक्षतामा ४९ सदस्यीय पालिका कमिटिको सर्वसम्मत रुपमा चयन गरेको हो। कमिटिको उपाध्यक्षमा प्रेमबहादुर घले, सचिवमा जित बहादुर सिंखडा, उपसचिवमा मिना श्रेष्ठ र इन्द्रबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।
अधिवेशनमा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देबकोटाले मिसन ०८४ सफल पार्नका लागि संगठन सुदृढ गर्दै एकतावद्ध र जनताको लागि काम गर्ने संगठनको रुपमा लाग्न आग्रह गर्नुभयो ।विकास र समृद्धि एमालेले मात्र गर्न सक्ने भएकोले एमालेमा गोलबद्ध हुन जनसमुदायलाई आग्रह गर्दै जनताको बहुदलिय जनबादलाई मार्गदर्शनको सिद्धान्त बनाएर जनपक्षिय रुपमा काम गर्न एमाले कार्यकर्ताहरुदलाई आग्रह गर्नुभयो ।
यस्तै एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जनताको पार्टी एमाले भएकोले एमाले विना देश विकास असम्भव भएकोले जनतालाई एमालेलाई जिताउने अभियानमा लाग्न जनताका योजना एमालेले पुरा गर्ने बताउनुभयो ।
नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले महिला, गरिब दलित जनजातीका लागि एमालेले गरिरहेका काम हाल रोकिएको भन्दै एमालेलेमात्र गाउँको विकास गर्न सक्ने उदाहरण २०७४को निर्वाचनपछि गाउँमा भएको विकासले देखाएको र अहिले रोकिएको अवस्थामा एमालेलेमात्र विकास गर्ने बताउनुभयो ।
सात वडा रहेको गाउँपालिकामा एमालेले अधिवेशनबाट महिला ३३ प्रतिशत, दलित, जनजाती, र युवाहरुको समेत सहभागितामा पार्टी कमिटि गठन गरेको जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |