

धादिङ- नेकपा एमालेले आज मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउँदैछ। एमालेले आज देशैभर मदन–आश्रित स्मृति सभा गर्दैछ ।
३१ औं मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले धादिङले धादिङबेसी मदन आश्रित स्मृति सभाको आयोजना गरेको छ । सभालाई नेकपा एमालेका केन्द्रीय अनुसासन आयोगका अध्यक्ष केशव बडालले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले धादिङले जनाएको छ ।
दिउँसो १२स्३० बजे आयोजना गरिएको स्मृति सभामा धादिङका नेता कार्यकर्ता सहभागी रहनेछन् ।देशभरकै कमिटीहरुले मदन भण्डारी र जिवराज आश्रितको स्मृतिमा विचारगोष्ठी, वृक्षरोपण, पुष्पमाला अर्पणलगायत गतिविधि गर्दैछ ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।
हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |