

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निर्वाचन क्षेत्र नम्बर २ का सभापति उत्तम अधिकारीसहितको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् ।
३१ औं मदन आश्रित स्मृति दिवसको अवसरमा बिहिबार धादिङबेसीमा आयोजित नेपालको कम्युनिस्ट आन्दोलनमा मदन आश्रितको योगदान विषयक कार्यशालाको अवसरमा रास्वपा छाडेर क्षेत्रिय सभापति अधिकारी सहितको नेत्रावती डबजोङ गाउँ पालिकाको सम्पुर्ण टोली एमालेमा प्रवेश गरेको हो ।
अधिकारीसँगै नेत्रावती डबजोङ गाउँ पालिका समिति सभापति शुकबहादुर गुरुङ, सदस्यहरु सुजन मम्वा, कृष्ण लामा, शुकराम तामाङ, विशाल पाख्रिन लगायत पालिका समिति एमालेमा प्रवेश गरेको हो ।
पार्टी प्रवेश गर्नुभएका अधिकारी पुर्व एमाले कार्यकर्ता हुन् । अधिकारीले आत्मालोचना गर्दै एमालेमा रहेर जनताको पक्षमा समृद्धिका लागि काम गर्ने बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय अनुशासन आयोग अध्यक्ष केशव बडालले रास्वपा टोलीलाई प्रवेश गराउनुभएको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |