

धादिङ । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमालेले कामपन्थी पार्टीहरु विचमात्र पार्टी एकता गर्ने बताउनुभएको छ।
मंगलबार एमाले थाक्रे गाउँपालिकाको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले एमाले कामपन्थिहरु वीच मात्र एकताको पक्षमा रहेको बताउनुभएको हो ।एमाले समाजवादी मोर्चाको पक्षमा नरहेको बताउँदै बामपन्थी एकता भनेर घोर दक्षिणपन्थीको पृष्ठपोषण गर्नेखालको बामपन्थी एकता नगर्ने बताउनुभयो ।
एमाले जनताको काम र देश विकासको अभियानमा रहेकाले देशमा काम गर्ने राजनितिक दलहरुसँग मात्र पार्टी एकताको पक्षमा रहेको उहाँको भनाई छ ।अहिले सरकारमा सहभागी रहेका कम्युनिस्ट पार्टीहरु वीच यहि आधारमा एकता सम्भव नरहेको बताउनुभयो ।
अधिवेशनमा विगत, बर्तमान र आगामी दिनको कार्य योजनाका बारेमा लेखाजोखा गर्नु आवश्यक रहेको भन्दै उहाँले भन्नुभयो,आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने धारण समेत अधिबेशनमा कार्ययोजना बनाएर लैजानु पर्छ।
कार्यक्रममा नेकपा एमाले धादिङ जिल्ला इन्चार्ज धर्मदत देवकोटा,जिल्ला अध्यक्ष भूमि त्रिपाठी,केन्द्रिय सदस्य जानुका सिम्खडा,जगन्नाथ नेपाल,वागमती प्रदेश कमिटी सचिवालय सदस्य रमेश आचार्य, रामकुमार आचार्य, कृष्ण प्रसाद पन्त, अम्बिका रुपाखेती, जिल्ला सचिव राधिका सापकोटा,सहसचिव उर्मिला रुपाखेती,थाक्रे इन्चार्ज केदार पाठक लगायतले अधिवेशनको शुभकामना दिनु भएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |