

धादिङ– नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा कमिटी अध्यक्षमा नन्द बहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
वडा कमिटीको सोमबार सम्पन्न दोस्रो अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा विन्तिराज अधिकारी, सचिव सुमित्रा कंडेल(लम्साल), उपसचिवहरु रामशरण दुवाडी र पुजा लम्साल चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरुमा कृष्ण प्रसाद रिजाल, कुल बहादुर परियार, शोविता खनाल, कल्पना लम्साल, डम्बर बहादुर गुरुङ, गीता परियार, विपिन लम्साल, धनदेवी गुरुङ, शुशिला गुरुङ, टुकमान खाती, कृष्ण बहादुर श्रेष्ठ, नर बहादुर लम्साल, मुन कुमार लम्साल, कमल नारायण श्रेष्ठ, पार्वती बराइली, शोभा दुवाडी रहनुभएको छ ।
यस्तै सरिता अधिकारीको अध्यक्षतामा अखिल नेपाल महिला संघ वडा कमिटी पनि गठन गरिएको छ ।

उद्घाटन समारोहको सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी धादिङका सचिव राधिका सापकोटाले २०८४ मा नेकपा एमाले धादिङमा पहिलो पार्टी बन्ने बताउनुभएको छ ।
कार्यक्रममा नगर कमिटी इन्चार्ज बेनी पाठक र नीलकण्ठ नगरपालिका नगर कमिटीका अध्यक्ष काजी श्रेष्ठले मिशन चौरासी सफल पार्न अहिलेदेखि संगठन सुदृढ बनाएर लैजानुपर्ने बताएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |